-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्षले आफूहरुलाई बेवास्ता गरेको भन्दै मागपत्र बुझाउन जाउलाखेल पुगेका सेयर लगानीकर्ताहरुले उनीविरुद्ध केहीबेर नाराबाजी गरेका छन् ।
सेयर लगानीकर्ताको स्वतन्त्र दवाब समूहको अगुवाईमा लगानीकर्ताको एक समूह शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई मागपत्र बुझाउन गएको थियो ।
सो समूहलाई सुरुवातमा अध्यक्ष कार्कीले समय दिन खोजेनन् । तर, लगानीकर्ताले बोर्ड अध्यक्ष बाहेक आफ्ना मागको बिषयमा अरुसँग कुरा नगर्ने अडान लिएपछि उनले समय दिई बोर्डको सभाहलमा आएका थिए ।
दवाब समूहको तर्फबाट हरि ढकालले उनलाई १० बुँदे मागपत्र बुझाएका थिए । रेवतबहादुर कार्कीसँगै बोर्डका कार्यकारी निर्देशकहरु निरज गिरी, परिष्ठनाथ पौडेल पनि सहभागी थिए ।
लगानीकर्ताले मागपत्र बुझाएपछि आफ्ना गुनासा र समस्या सुनाउन थालेका थिए । सो क्रममा बोर्ड अध्यक्ष कार्की बीचमै उठेर हिँडिदिएपछि आफ्ना कुराप्रति अध्यक्षले बेवास्ता गरेको भन्दै लगानीकर्ताले नाराबाजी गरेका हुन् ।
अहिले लगानीकर्ताहरु बोर्डकै सभाहलमा बसेर अध्यक्ष फेरि आउनुपर्ने र आफ्ना पूरा कुरा सुन्नुपर्ने अडानमा छन् ।
केहीबेर तनावपूर्ण अवस्था भएपछि अहिले बोर्डमा प्रहरी तैनाथी बढाइएको छ ।
अध्यक्ष कार्कीले आफ्ना समस्याहरुको बिषयमा पूरा कुरा सुन्नुपर्ने माग लिएर लगानीकर्ता हलमै बसेपछि निरज गिरी र पौडेल समेत त्यहाँबाट निस्किएर हिँडेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago