काठमाण्डौ। पछिल्लो समय सेयर बजारको विकास र विस्तारसँगै ब्रोकर हाउसहरुले प्रदान गर्ने सेवासुविधासँगै भौतिक पूर्वाधार विस्तारमा आक्रामक बनेका छन्।
यसको पछिल्लो उदाहरण बनेको छ, सुमेरु सेक्युरेटिज (स्टक ब्राकर नं. ३९)। सुमेरु आफ्नै नवनिर्मित भवनमा सरेको छ। सुमेरु काठमाण्डौको ज्ञानेश्वरस्थित जर्मन दूतावासको ठिक अगाडि आफ्नै अत्याधुनिक भवनमा सरेको छ। यसअघि सुमेरुले काठमाण्डौको कमलादीस्थित भाडामा भवन लिएर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको थियो।
धितोपत्र बोर्डबाट ब्रोकरेज लाइसेन्स पाएका नयाँ कम्पनीमध्ये सबैभन्दा पहिला आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने पहिलो ब्रोकर कम्पनी बनेको छ सुमेरु ।
सुमेरुको नयाँ भवनमा ग्राहकका लागि सबैभन्दा बढी आवश्यक पर्ने पार्किङको उचित व्यवस्था गरिएको छ। त्यहाँ मोटरसाइकल तथा निजी कार पार्किङका लागि कुनै समस्या हुने छैन।
अहिले राजधानीका धेरै ठाउँमा पार्किङको अभाव रहेकोले लगानीकर्ताका साधन नगरपालिकाले लैजाने तथा जरिवानामा पर्ने समस्या बढ्दो छ। अब यो ब्रोकर हाउसमा कारोबार गर्ने लगानीकर्ताका लागि पार्किङको कुनै समस्या हुने छैन।
यस्तै, लिफ्ट लगायतका अत्याधुनिक सेवासुविधाले समेत सुमेरुको नयाँ भवन सुसज्जित रहेको छ ।
यसका साथै सुमेरुमा पुराना र अनुभवी ३० जनाभन्दा बढी कर्मचारी छन्। यी कर्मचारीहरुले लगानीकर्तालाई आइपर्ने कुनै पनि समस्याको समाधान तुरुन्तै गरिदिने गरेका छन्। ‘फोनमार्फत सेवा दिनेमात्रै ४ जना कर्मचारी खटिएका छन्’, सुमेरुका सञ्चालक प्रेम अग्रवालले भने, ‘हामी हाम्रा ग्राहकलाई उपलब्ध गराउने सेवामा सक्दो सन्तुष्टि तथा सेवा दिन कटिबद्ध छौँ। किनकि हाम्रा भगवान भनेकै हाम्रा ग्राहक हुन्, हामीले सम्भव भएसम्म राति अबेरसम्म बसेर पनि सेवा दिएका छौँ।’
सुमेरुबाट क्लोज आउटलगायत भुक्तानीको समस्या लगानीकर्ताले खासै भोग्नु नपर्ने दाबी अग्रवालले गरे। ‘अब हामी नयाँ भवनमा आएका छौँ, फिनिसिङ काम अलिकति बाँकी छ, त्यो पनि छिटै पूरा हुन्छ’, उनले भने, ‘अझै थप सेवा तथा सुविधा लगानीकर्ताले पाउनेछन्।’
सुमेरुमा भेटिएका लगानीकर्ताहरु पनि यो ब्रोकर हाउसबाट उपलब्ध सेवासुविधाप्रति सन्तुष्ट देखिए। लगानीकर्ता ईश्वर रिजालले आफूले विगत ६ वर्षदेखि सुमेरुबाट सेयर कारोबार गर्दै आएको र अहिलेसम्म समस्या भोग्न नपरेको प्रतिक्रिया दिए।
पुराना लगानीकर्ता लक्षमण श्रेष्ठ पनि सुमेरुबाट प्राप्त सेवासुविधादेखि सन्तुष्ट नै देखिए। ‘मैले २०६७ सालदेखि नै यहीँबाट सेयर कारोबार गरिरहेको छु। यहाँका कर्मचारीहरु निकै सहयोगी छन्, मैले अहिलेसम्म कुनै समस्या भोग्नुपरेको छैन।’ उनले भने ।
सुमेरु सेक्युरिटिजको हाल काठमाण्डौबाहेक झापामा समेत शाखा रहेको छ । निकट भविष्यमै हेटौडा वा चितवनमध्ये कुनै एक ठाउँमा शाखा बिस्तार गर्ने कम्पनीको योजना छ।
यो कम्पनीले आइटीमा निकै ठूलो लगानी गरेर लगानीकर्तालाई अत्याधुनिक सेवा दिने तयारीलाई समेत अन्तिम चरणमा पुर्याएको छ भने पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस लगायतका काम गर्नका लागि आवश्यक पूर्वाधार पनि धमाधम तयार गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19