काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले २०० प्रतिशत हकप्रद सेयर निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले पूँजीवृद्धिका लागि हकप्रदको बाटो समातेको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद निश्कासनको माग गर्दै पुस ४ गते नै बोर्डमा आवेदन दिएको हो । यो प्रस्तावलाई बोर्डले हालै मात्र पाइपलाइनमा राखेको छ ।  

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

प्रस्तावित हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड माथि पुग्नेछ ।

यो कम्पनीको दोश्रो बजारमा अन्तिम सेयर बिक्री मूल्य प्रतिकित्ता रु. १५३ रहेको छ । 

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आ.व.को यही त्रैमासको तुलनामा ८३ प्रतिशतले मुनाफामा वृद्धि गरेको छ । 

कम्पनीले अघिल्लो आ.व को सोही त्रैमासको तुलनामा विद्युत विक्रीबाट ४७ प्रतिशत बढी आम्दानी गर्न सफल बनेको छ । 

अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.०८ रहेको छ ।