काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

चौथो त्रैमासमा कम्पनीको खुद नाफा प्रतिसेयर २८.२६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो १९.६७ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले सामान बिक्रीबाट ८ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष आम्दानी ७ अर्ब १७ करोड रुपैयाँ थियो। आम्दानी पनि २२.४८ प्रतिशतले बढेको छ। 

चुक्तापुँजी २७ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४.७६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १९.६७ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ४१९.६ रुपैयाँ रहेको छ।