काठमाण्डौ । मुलुकमा वस्तु आयातमा सामान्य सुधार आएको छ। 

भन्सार विभागका अनुसार साउनको तुलनामा भदौमा आयातमा सामान्य सुधार भएको हो। चालु आर्थिक वर्षको भदौमा १ खर्ब ३० अर्ब रुपैयाँको आयात भएको छ। गत साउनमा १ खर्ब २९ अर्बको आयात भएको थियो। 

गत आर्थिक वर्ष २०७९–८० भदौको तुलनामा भने आयात ५.०६ प्रतिशतले घटेको छ। 

यसैगरी साउनको भदौमा निर्यात भने घटेको छ। गत साउन १३ अर्ब रूपैयाँबराबरको निर्यात भएकोमा भदौमा मात्रै १२ अर्ब ९१ करोड रूपैयाँको निर्यात भएको छ। 

गत आर्थिक वर्षको भदौको तुलनामा भने चालु आर्थिक वर्षको भदौमा निर्यात ७.७९ प्रतिशतले घटेको छ। 

अहिलेपनि नेपालको कुल व्यापारमा आयातको हिस्सा ९०.७६ प्रतिशत छ भने निर्यातको हिस्सा मात्रै ९.२४ प्रतिशत छ।