काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको आईपीओ आज कात्तिक २९ गते बाँडफाँड गरिएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहनिष्कासनकर्तामा सनराइज क्यापिटल र एनएमबि क्यािपटल रहेका थिए। 

कम्पनीले गत भदौ ५ देखि असोज ३० गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो। जसमा २८ हजार ६०८ जना आवेदकबाट जम्मा ५६ लाख ७९ हजार ८७० कित्ताका लागि आवेदन प्राप्त भएको धितोपत्र बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। 

कोषका अनुसार अतिप्रभावित आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ (साविक चिलिमे गाविस) वर्गमा कुल २ हजार १६५ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्तादेखि ५१० कित्ता माग गर्ने १ हजार ३४२ जना आवेदकलाई माग बमोजिम र ५२० कित्तादेखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकलाई ५१० कित्ताका दरले जम्मा ९ लाख ४९ हजार २८० कित्ता सेयर बाँडफाँड गरिएको छ। 

त्यस्तै प्रभावित आमाछोदिङ्मो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गाविस वर्गमा कुल १ हजार २६६ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकलाई मागबमोजिम र ३१० कित्तादेखि ४५० कित्तासम्म माग गर्ने २३३ जनामध्ये ३२० कित्तासम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सोभन्दा बढी ४५० कित्तासम्म माग गर्ने २३२ जना आवेदकलाई ३४८ कित्ताका दरले र ४६० कित्तादेखि ७०० कित्तासम्म माग गर्ने ५१५ जना आवेदकलाई ३६० कित्ताका दरले जम्मा ३ लाख ७४ हजार ९२६ कित्ता सेयर बाँडफाँड गरिएको कोषले जनाएको छ। 

यसैगरी सामान्य प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका अन्य वडा १,२,३ (साविक गल्ताङ गाविस र हाकु गाविस वर्गमा कुल ३ हजार ५८८ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्तादेखि १५० कित्ता माग गर्ने २ हजार ४८३ जना आवेदकलाई मागबमोजिम र १६० कित्ता देखि २०० कित्तासम्म माग गर्ने ४१३ जना आवेदकलाई १५० कित्ता, १६० कित्तादेखि ३०० कित्तासम्म माग गर्ने ४१९ जना आवेदकलाई १६५ कित्ता, ३१० कित्तादेखि ४५० कित्तासम्म आवेदन गर्ने १०० जना आवेदकलाई १७४ कित्ता र सोभन्दा बढी ७०० कित्तासम्म आवेदन गर्ने १७३ जना आवेदकलाई १८० कित्ताका दरले जम्मा ४ लाख ६ हजार ९५५ कित्ता सेयर बाँडफाँड गरिएको छ। 

न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासी वर्गमा कुल २१ हजार ३३१ जना रितपूर्वक आवेदन दिने आवेदकमध्ये १० कित्तादेखि १०० कित्ता माग गर्ने ११ हजार ४८९ जना आवेदकलाई मागबमोजिम र ११० कित्तादेखि २०० कित्तासम्म माग गर्ने ५ हजार ६६६ जना आवेदकलाई १०० कित्ता र २१० कित्तादेखि ३०० कित्तासम्म माग गर्ने २ हजार २०७ जना आवेदकलाई ११६ कित्ता र सोभन्दा बढी ७०० कित्तासम्म आवेदन गर्ने १ हजार २३६ जना आवेदकलाई १२० कित्ताका दरले जम्मा १९ लाख १८ हजार ७०८ कित्ता सेयर बाँडफाँड गरिएको कोषले जनाएको छ। 

बाँकी रहेको १३१ कित्ता सेयरका लागि अतिप्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ जना आवेदकलाई गोलाप्रथाबाट थप १–१ का दरले १३१ कित्ता सेयर बाँडफाँड गरी कुल ३६,५०,००० कित्ता सेयर बाँडफाँड गरिएको कोषले जनाएको छ।