काठमाण्डौ । म्युचुुअल फण्डमा फेरि लगानीको अवसर खुलेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलले दोश्रो म्युचुुअल फण्ड समेत ल्याएको छ । उसले प्रवद्र्धन गरेको ७ वर्षे बन्दमुखी स्कीम एनआइबिएल प्रगति फण्डले ६० करोड रुपैयाँको ६ करोड कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको हो । 

मंसिर १६(बिहीबार)देखि खुलाइएको सार्वजनिक निश्कासन मंसिर २० सम्म रहनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम एकसयदेखि अधिकतम ६० लाख इकाईसम्मका लागि आवेदन दिनसक्नेछन् । 
यो म्युचुुअल फण्ड कम्पनीले १० सय रुपैयाँ अंकित मूल्यको ६ करोड इकाईमा लगानीको अवसर सार्वजनिक गरेको हो । 

कुल निश्कासित इकाईमध्ये १५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइबिएल क्यापिटलका लागि छुट्याइएको छ । यो १५ प्रतिशतमा १३.३३ प्रतिशत(८० लाख इकाई) नेपाल इन्भेष्टमेन्ट बैंक र १.६६ प्रतिशत(१० लाख इकाई)मा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको लगानी रहेको छ ।

सर्वसाधारणका लागि भने कुल ५ करोड १० लाख इकाई छुट्याइएको छ । यो सार्वजनिक निश्कासनको बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको यसअघि पहिलो म्युचुुअल फण्ड एनआइबिएल समृद्धि फण्ड १ नेप्सेमा सूचिकृत छ । नोभेम्बर २३ को मितिमा यो कम्पनीको प्रति इकाई अन्तिम कारोबार मूल्य १२.४५ रुपैयाँ रहेको छ । यो स्किमको हालको नेट एसेट भ्यालू(एनएभी) १६.१ रुपैयाँ रहेको छ । यो भ्यालूू असोज अन्तिमसम्मको कारोबारको आधारमा निकालिएको हो ।

नेपालमा हालसम्म ९ वटा म्युुचुुअल फण्डहरु छन्, जसमध्ये ७ वटा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत छन् । सूचिकृत म्युचुुअल फण्डहरुमा ५० करोडको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १, एक अर्बको सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, ५० करोडको लक्ष्मी भ्यालु फण्ड १, ७५ करोड रुपैयाँको नवील ब्यालेन्स फण्ड १, एक अर्बको एनआइबिएल समृद्धि फण्ड १, ७५ करोड रुपैयाँको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ र ८० करोड रुपैयाँको ग्लोबल आइएमई समुुन्नति स्कीम १ रहेका छन् । 

हालै, एनएमबी हाइब्रिड फण्ड १ र नवील इक्वीटी फण्ड १ ले क्रमशः ८० करोड र १ अर्बको सार्वजनिक निश्कासन गरेका थिए । 

कहाँ-कहाँबाट दिने आवेदन ?
१.एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ । सम्पर्क  :बद्री प्याकुरेल । सम्पर्क- ०१४००५०८०
२.नेपाल इन्भेष्टमेन्ट बैंकका काठमाण्डौ र अन्य जिल्लाका प्रत्येक शाखाबाट समेत आवेदन दिन सकिने । सम्पर्क-०१४००५०८०