काठमाण्डौ । कोरोनाकालमा मास्कको महत्व निकै बढेको छ। मास्क अहिले स्वास्थ्य सुरक्षाको एउटा महत्वपूर्ण औजार नै बनेको छ। 

अहिले परिस्थितिलाई ध्यानमा राखेर भारतको युनी मास्क नामक कम्पनीले एन्टी भाइरल ट्रिटेड मास्क बनाउन सुरु गरेको छ। कम्पनीको दाबी छ कि यो मास्कमा सम्पर्कमा आउनेबित्तिकै कुनै पनि भाइरस तुरुन्तै नष्ट हुन्छ।

यो मास्क निकै किफायती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ता कि हरेक वर्गका मानिसबीच यसको पहुँच सहज होस्। 

बजारमा यो मास्क अहिले ३ रङमा उपलब्ध छ– सेतो, वाइन रेड र नीलो। 

कम्पनीले यो मास्क सतप्रशित कटनबाट तयार भएको जनाएको छ। यो मास्क स्किन फ्रेन्डलीका साथै टिकाउ र पर्यावरणअनुकूल रहेको कम्पनीले जनाएको छ। 

मास्कको फ्याब्रिकमा एन्टी भाइरल ट्रिटमेन्टका साथै सतप्रतिशत हाई क्वालिटी भएको कटन फ्याब्रिक प्रयोग गरिएको छ। यो मास्क स्टाइलिसका साथै आरामदायक र सुरक्षाको उपयुक्त कम्बिनेसन रहेको कम्पनीले दाबी गरेको छ। यो सबै किसिमले स्किनलाई अनुकूल रहेको कम्पनीले जनाएको छ।

युनी मास्कका सीईओ कपिल भाटियाका अनुसार अस्ट्रेलियाको नयाँ हेल्थगार्ड टेक्नोलोजीमा आधारित रहेर यो मास्क तयार गरिएको हो। ‘यो मास्कले कोरोना रोकथाम सुनिश्चितता प्रदान गर्छ’, उनले भने, ‘यसलाई पटकपटक धोएर प्रयोगमा ल्याउन पनि सकिन्छ।’ – एजेन्सी