काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीको आइपीओ बाँडफाँड भएको छ । 

एक समारोहका बीच सेयर निश्कासन तथा बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङले आइपीओ बाँडफाँड गरेको हो । 

चैत २० गतेदेखि २५ गतेसम्म निश्कासन भएको १४ लाख ८५ हजार कित्ता सेयरको बाँडफाँड गरिएको हो । 

कुल कित्तामध्ये म्युचुअल फण्डका लागि ७४ हजार २५० कित्ता र कर्मचारीका लागि ४४ हजार ५५० कित्ता बाँडिएको छ । बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणमा बाँडफाँड गरिएको हो । 

आइपीओमा ६९ हजार ७०८  जनाले आवेदन दिएकामा ३८ वटा आवेदन रद्ध भएका थिए । कुल सदर ६९ हजार ६७० आवेदनबाट ४८ लाख ९३ हजार ५० कित्ता माग भएको थियो । 

आवेदन दिएका सबैले सेयर पाएका छन् । न्यूनतम १० कित्ता र अधिकतम २० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो ।

आवेदन दिएकामध्ये २ हजार ७२० जनाले १० कित्ताका दरले र ६६ हजार ९५० जनाले २० कित्ताका दरले सेयर हात पारेका छन् ।  

हिमालय उर्जाको आइपीओ तपाईलाई चाहि कति पर्यो त ? हेर्नुहोस् रिजल्ट: