 
                     
                                
                             
                                    काठमाण्डौ । आँधीखोला लघुवित्तको आइपीओ बाँडफाँड भएको छ।
केहीबेरअघि निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालयमा एक समारोहको आयोजना गरी आइपीओ बाँडफाँड गरिएको हो।
बाँडफाँडको क्रममा भाग्यमानी ३७ हजार ५०० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । यो कम्पनीको आइपीओमा कुल ३ लाख ९९२ आवेदकले आवेदन दिएका थिए । त्यसमध्ये ५७९ आवेदन रद्ध गरिएको थियो । यसरी ३ लाख ४१३ सदर आवेदकले ५२ लाख ४१ हजार ६६० कित्ता खरीदका लागि आवेदन दिएका थिए ।
सदर आवेदकमध्ये २ लाख ६५ हजार ९१३ आवेदकको हात रित्तो भएको छ ।
यो कम्पनीले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता साधारण सेयर निश्कासन गरेको थियो।
कुल निश्कासित कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता सुरक्षित गरिएको छ ।
स्याङ्जाको भीरकोट–१ बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्तले कुल आईपीओमध्ये कम्पनीका कर्मचारीहरुका लागि ५ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर छुट्याइएको छ ।
आईपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्नेछ भने कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत सेयर कायम हुनेछ ।
यो वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा जिल्लामा बिस्तार गरिसकेको छ।
आइपीओ तपाईलाई पर्यो कि परेन ? हेर्नुहोस् रिजल्ट :
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19