काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखेको छ।

आरएमडीसीको स्वामित्वमा रहेको फरवार्डको कुल ३ लाख ७५ हजार ३०७.५७ कित्ता संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ। यो सेयरमा योग्य इच्छुक विद्यमान सेयरधनी वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९५३.३६ रुपैयाँ तोकिएको छ। त्यसैले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा माथि बोलकबोल गरी पेस गर्नुपर्नेछ।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बोलपत्र एनआईबीएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बुझाउनुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस ८ गते बैंकिङ सयमसम्म रहेको छ।