काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको आज बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशअनुसार संस्थाले चुक्तापुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ९ करोड ९९ लाख २४ हजार ८२५ रुपैयाँबराबरको बोनस सेयर र १२.५ प्रतिशतले नै हुन आउने ९ करोड ९९ लाख २४ हजार ८२५ रुपैयाँबराबरको नगद लाभांश (बोनस र नगद लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।