काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरेको छ ।

गत आर्थिक वर्षका लागि आरएमडीसी लघुवित्तले चुक्तापुँजीको १२.५ प्रतिशतले हुन आउने बोनस सेयरका लागि नेप्सले सेयरमूल्य समायोजन गरेको हो । नेप्सले सेयरमूल्य समायोजन गर्दै यो संस्थाको प्रतिकित्ता सेयर ५३६ रुपैयाँ कायम गरेको छ । अब समायोजित मूल्यअनुसार नै यो संस्थाको सेयर कारोबारमा आउनेछ ।

आरएमडीसी लघुवित्तले गत वर्षको मुनाफाबाट चुक्तापुँजी चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँको १२.५० प्रतिशतबराबरको ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ बोनस शेयर र १२.५० प्रतिशतबराबरकै ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पुस २३ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजना गर्ने २१ औँ वार्षिक साधारणसभाबाट पारित गर्नेछ।

साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आज शुक्रबरादेखि बुक क्लोज गरेको छ । साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि हिजो बिहीबारसम्म कायम सेयरधनीहरु योग्य हुनेछन् ।