काठमाण्डौ । आरएसडिसी लघुबित्त बित्तीय संस्था १ बराबर २ को अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव लिएर धितोपत्र बोर्ड पुुगेको छ । 

यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल २३ लाख कित्ता हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

यो कम्पनीको २०७३ चैत १२ गते सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो । बोनस सेयर र त्यसपछि जारी हुने २ सय प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ३४ करोड माथि पुुग्ने बताइएको छ । हाल यो कम्पनीको चुक्तापूँजी ११ करोड ५० लाख मात्र छ ।