काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयर धनीहरुलाई १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाल चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड ३३ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश (बोनस सेयर कर प्रयोजनसहित) र ६ प्रतिशतले हुन आउने ३ करोड ८० लाख १० हजार ७२० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।

यसैबीच आरएसडीसी लघुवित्तले अन्य वित्तीय संस्थासँग मर्जर प्रक्रियाका लागि मर्जर समिति गठन गरेको छ ।

सञ्चालक समितिको बैठकले अन्य वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन चन्द्रराज शर्माको संयोजकत्वमा मर्जर समिति गठन गरेको हो । समितिका सदस्यहरुमा विष्णुप्रसाद पौडेल र अमर डंगोल मर्जन तथा सदस्य सचिवमा दामोदर जोशी छन् ।

समितिलाई यो संस्थाको अन्य वित्तीय संघसंस्थासँग गाभ्ने/गाभिने वा मर्जर/प्राप्तिसम्बन्धी सम्भावनाको अध्ययन तथा खोजी गरी आवश्यक प्रक्रिया गाडि बढाउन अधिकार दिइएको छ ।