काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा २ करोड ३० लाख ६७ हजार रुपैया पुगेको छ । यो गत वर्ष यही अवधिसम्मको नाफाभन्दा करीव ४७ दशमलव ३२ प्रतिशत बढी हो । गत वर्ष लघुवित्तले १ करोड ५६ लाख ५७ हजार खुद नाफा आर्जन गरको थियो  ।

लघुवित्तको संचालन मुनाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले खुद नाफासमेत वृृद्धि भएको हो । गत वर्ष २ करोड ४६ लाख संचालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष ३ करोड ६२ लाख मुनाफा आर्जन गरेको हो । यो गत वर्षको भन्दा ४७ प्रतिशत भन्दा बढी हो । 


यसैगरी गत वर्ष २ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्षको पहिलो नौ महिनामा ४ करोड ५९ लाख खुद मुनाफा आर्जन गर्न सकेको हो । यो गत वर्षको भन्दा ६७ प्रतिशत भन्दा बढी प्रगति हो । 

समीक्षा अवधिसम्म आरएसडीसीले १ अर्ब ४६ करोड कर्जा परिचालन गरेका छ भने १ अर्ब १८ निक्षेप संकलन गरेको छ । यो गत वर्षको भन्दा क्रमशः ६७ प्रतिशत र १२ प्रतिशले बढी हो ।  

शून्य दशमलव ०९ प्रतिशत खराब कर्जा रहेको संस्थाको प्रतिशयर आम्दानी भने ८ दशमलव ५४ रुपैयाँमात्र कायम भएको छ । मुल्य आम्दानी अुनपात ८५ दशमलव ४३ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १ सय ३२ दशमव ४१ रुपैयाँ रहेको छ ।
३५ करोड ९९ लाख चुक्ता पूँजी रहेको संस्थामा ११ करोड ६६ लाख जगेडा कोषमा संचित छ ।