काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ ।

उक्त अवधिसम्ममा कम्पनीको खूद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको पाइएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार उक्त अवधिमा कम्पनीको खूद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ ।

गत आवको सोही अवधिसम्ममा कम्पनीको खूदद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो ।जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.७३ प्रतिशतले कमी हो। 

नाफामा कमी आउनुमा खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्नु प्रमुख कारण देखिन्छ ।

गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिसम्ममा १२ करोड २० लाख रुपैयाँमा झरेको छ ।
 

समीक्षा अवधिसम्ममा  कम्पनीले ६ अर्ब १ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

यसैगरी, कम्पनीको निष्क्रिय कर्जा भने ०.८१ बाट १.८२ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ  छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ छ ।

कम्पनीको आधार दर ११.९० प्रतिशत छ । पीई रेसियो ३६.०७ गुणा छ ।कम्पनीको चुक्तापूँजी ८६ करोड ९५ लाख रुपैयाँ छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर  अन्य लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जा उपलब्ध गराउँदै आएको छ ।