काठमाण्डौ । भारतको झारखण्डको राँचीस्थित रिम्स अस्पतालमा भर्ना भएका राष्ट्रिय जनता दल (आरजेडी) का सभापति लालुुप्रसाद यादवको स्वास्थ्य सुुरक्षालाई लिएर रिम्स प्रशासनको चिन्ता बढेको छ।

खासमा रिम्स अस्पतालमा यादवको उपचार गरिरहेका डा उमेश यादवको वार्डमा एकजना कोरोना संक्रमित भेटिएका छन्। यो घटनापछि रिम्स अस्पताल प्रशासन र झारखण्डको स्वास्थ्य विभाग सचेत भएको छ। 

प्राप्त जानकारीका अनुुसार यादवको उपचारमा संलग्न डा उमेशले आफूलाई क्वारेनटाइनमा राख्ने बताएका छन्। 

पछिल्लो १५ दिनदेखि आफ्नो वार्डमा भर्ना भएका ७८ वर्षीय एक व्यक्तिको रिपोर्टमा कोरोना पोजेटिभ भएको देखिएपछि डाक्टर उमेशले आफूलाई क्वारेनटाइनमा राख्ने निर्णय गरेका हुुन्। डा उमेशका साथै अन्य केही स्वास्थ्यकर्मी र बिरामीहरुलाई पनि क्वारेनटाइनमा राखिने बताइएको छ। 

चारा घोटाला मुुद्दामा सजाय काटिरहेका लालुुप्रसाद यादव रिम्स अस्पतालको प्राइभेट वार्डमा भर्ना भएका छन्। यादव मिर्गौला, मुुटु, सुुगरजस्ता रोगहरुबाट ग्रस्त छन्। यी रोगहरु भएकाले यादवलाई कोरोना संक्रमण हुुन सक्ने जोखिम उच्च रहेको चिकित्सकहरुले बताएका छन्। 

रिम्स अस्पतालका सुुपरिन्टेन्डेन्ट विवेक कश्यपले आवश्यक परे यादवको कोरोना परीक्षण गरिने पनि बताए। उनले आफूहरुले कुुनै पनि प्रकारको जोखिम उठाउन नचाहेको र यसका लागि पूर्ण सावधानी अपनाइने जानकारी दिए। 

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नेता यादवलाई भर्नाको वार्डबाट बाहिर निस्कन रोक लगाइएको छ। – एजेन्सी