काठमाण्डौ । नेपालमा कोरोना भाइरसका संभावित संक्रमित पत्ता लगाउन प्रयोग भइरहेको र्यापिट एन्टीबडी टेस्टिङ किटमाथि भारतले तत्कालका लागि प्रतिबन्ध लगाएको छ।
त्यहाँको सरकार तथा माथिल्ला निकायहरुले अर्को निर्णय नभएसम्मका लागि आरडिटी टेस्ट किट प्रयोग नगर्न मातहतका सबै निकाय र व्यक्तिलाई शनिवार निर्देशन दिएको हो ।
भारतले पनि नेपालले झै चीनबाट त्यस्ता किट आयात गरेको थियो । तर, त्यस्ता किटहरुबाट आउने रिपोर्टको विश्वसनीयतामाथि भारतमा गम्भीर प्रश्न उठेको थियो । नेपालमा समेत यस्तै प्रश्न उठे पनि हालसम्म यसैको साहारामा परीक्षणको काम भइरहेको छ ।
पछिल्लो समय भारतको राजस्थान र पश्चिम बंगाल सरकारले यस्तो किटको एक्यूरेसीको विषयमा गम्भीर प्रश्न उठाएका थिए । यसपछि भारतमा मेडिकलको नियामकीय संस्था भारतीय चिकित्सा अनुसन्धान परिषद(आइसीएमआर)ले राज्यहरुलाई यस्तो किटको प्रयोग नगर्न सुझाव दिएको छ ।
यसपछि अर्को निर्णय नभएसम्मका लागि राज्य सरकारहरुले समेत आरडिटी टेस्ट किट प्रयोगमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
भारतको विदेश मन्त्रालयले केही आरडिटी किटको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठे पनि आवश्यक मेडिकल सामाग्री चीनबाट निरन्तर आयात हुने यसअघि नै प्रष्ट पारिसकेको छ ।
केही दिनपछि नै २० वटा हवाई उडान चीनबाट भारत आउने र त्यसमा र्यापिड एन्टीबडी टेस्ट किट, पीपीई किट, ज्वरो नाप्ने थर्मल गन लगायतका अत्यावश्यक मेडिकल सामाग्रीहरु ल्याइने विदेश मन्त्रालयले यसअघि नै प्रष्ट पारिसकेको छ ।
भारत लगायतका देशमा आरडिटी किटको परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठेपछि चिनियाँ कम्पनीहरुले यस्तो शंका नगर्न र आफूहरुले गुणस्तरीय किट मात्र उत्पादन गर्ने भन्दै आरोपमा खण्डन गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago