काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँबराबरको आरबीबी म्युचुअल फन्ड–१ का इकाइहरु आउँदो असार २३ गतेबाट बिक्री खुला गरिने भएको छ।
कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको यो फन्डलाई नेपाल धितोपत्र बोर्डले गत असार १० गते निष्कासन अनुमति दिएको थियो। यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। कुल इकाइमध्ये न्यूनतम १३ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक र २ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
बन्दमुखी यो फन्ड ७ वर्षे अवधिको हुनेछ। यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिनेछ।
यस योजनामा लगानीकर्ताहरुले न्यूनतम १०० इकाइ र अधिकृतममा १ करोड इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्।
यो फन्डको निष्कासन छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बैंकिङ समयपछि बन्द गरिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago