काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। 

संघीय संसदको संयुक्त बैठकमा राष्ट्र रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वित्तीय तथा मौद्रिक नीतिको समञ्जस्यता तरिकाले कार्यान्वयन समिष्टगत तरिकाले आर्थिक स्थायित्व कायम गरिने जानकारी गराएका हुन्। 

नीति तथा कार्यक्रममा अर्थतन्त्रमा समग्र माग आएको ह्रास, तरलताको संकुचन, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यूनतम पुँजीगत खर्च, घट्दो राजस्व परिचालन तथा बाह्य सन्तुलनमा परेको चाप सम्बोधनलाई गरिने उल्लेख छ। 

त्यस्तै निजी क्षेत्रका अर्थतन्त्रको विकासमा मुख्य साझेदार हुने नीति तथा कार्यक्रममा व्यस्था गरिएको छ। सरकार र निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादन वृद्धि र रोजगारी सिर्जनामार्फत मुलुकलाई आर्थिक विकास गरिने पनि सरकारले नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाएको छ।