काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०६३/६४सम्मको रु. ५० हजार बक्यौता रहेको आयकर मिनाहा गर्ने घोषणा गरेको छ। 

सरकारले ल्याएको आर्थिक विधेयकमार्फत यस्तो घोषणा गरिएको हो।

आर्थिक वर्ष २०६३/६४ सम्मको २०६५ असार मसान्तसम्म कर निर्धारण भई असुल हुन नसकेका आयकर बक्यौतामध्ये प्रतिलगत ५० हजार रुपैयाँसम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिनाहा गर्ने व्यवस्था सरकारले गरेको छ।