काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । 

धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आईपीओ बाँडफाँड भएको हो । 

कम्पनीले गत भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो। सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। 

कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। 

यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो। 

यो कम्पनीको आइपीओ खरीदका लागि १३ लाख ९ हजार ६६ आवेदकले आवेदन दिएका थिए । तीमध्ये २ हजार ३८९ आवेदकको आवेदन रद्ध भएको थियो । रद्ध भएका आवेदनबाट ३५ हजार ६९० कित्ता माग भएको थियो । 

यसरी कुल सदर १३ लाख ६ हजार ६७७ आवेदकबाट १ करोड ४२ लाख ४० हजार ५५० कित्ता सेयर माग गर्दै आवेदन परेको थियो । 

कम्पनीले कुल आवेदकमध्ये ७१ हजार २२२ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँड गरेको हो । यसरी उनीहरुले ७ लाख १२ हजार २२० कित्ता सेयर पाएका छन् । 

बाँकी १२ लाख ३५ हजार ४५५ आवेदक रित्तो हात भएका छन् ।

यसरी हेर्दा आवेदकमध्ये ५.४५०६ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका देखिन्छ ।