काठमाण्डौ । आम अपेक्षा विपरीत स्थानीय निकायको निर्वाचन घोषणा भएपछिको पहिलो कारोबार दिनले खराब प्रदर्शन गरेको छ । बढ्दो बजार सोमबारको तुलनमा केही बढी अंकको ब्रेक लागेको छ भने कारोबार रकम निकै तल झरेको छ ।
यसरी बजारमा कारोबार रकम यति ठूलो अन्तरले घट्नुुलाई खतराका घण्टी मानिन्छ । तथापि, समग्रमा कारोबार रकम ६० करोड भन्दा माथि हुनुलाई उति गलत ढंगले बुुझ्नुुहुन्न । यो उचाईको कारोबार रकम मेन्टेन भइरहने हो भने बजार इण्डेक्स(नेप्से परिसूचक)मा १० अंकसम्मको गिरावटलाई स्वभाविक मान्न सकिन्छ । तथापि, निर्वाचनको मिति घोषणा भएपछि बजार बुम हुने अपेक्षामा रहेका आम लगानीकर्ता भने खिस्स भएका छन् । निर्वाचनको मिति घोषणाका कारण देखिएको उत्साहलाई बजारले रातो झण्डा देखाइदिएको छ ।
निर्वाचनको मिति घोषणासँगै मधेशवादी दलहरुले आन्दोलन घोषणा गरेपछि राजनीतिक अन्यौल र देशको अवस्था अझ गडबड हुने आशंकामा समेत कतिपय लगानीकर्ताहरु रोकिएका हुनसक्ने विश्लेषक बताउँछन् । उनीहरुले मधेशी समुदायकै नेता गृहमन्त्री, मधेशी समुदायकै व्यक्ति प्रमुख निर्वाचन आयुक्त रहेको यो समयमा मोर्चाको विरोधले खासै अर्थ नराख्ने भन्दै आगामी दिनमा बजार उति साह्रो नघट्ने दाबी गरेका छन् ।
मंगलबार नेप्से परिसूचक ७.५४ अंकले घटेर १३५७.५७ अंकमा झर्यो । सबैभन्दा बढी बिमाको परिसूचक १३८.०८ अंकले घट्यो भने वाणिज्य बैंक ५.५, जलविद्युत १०.३२, बित्त कम्पनी ८.३८ र अन्य समूह ०.२९ अंकले घट्यो । होटल समूहमा १४.२८ अंकको बढोत्तरी देखियो भने विकास बैंक समूह २.७८ र उत्पादनमूलक २.५६अंकले बढे ।
'क' वर्गका कम्पनीको सेयर खरीदमा आकर्षक केही घटेपछि सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घट्यो भने फ्लोट इण्डेक्समा पनि ०.५६ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १३७ कम्पनीको १० लाख ९३ हजार १ सय ९८ कित्ता सेयर ६० करोड ४३ लाखमा किनबेच भयो । सबैभन्दा बढी बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड ३७ लाखको कारोबार गर्यो । यस्तै, नबील बैंकको २ करोड १६ लाख बढीको प्रोमोटर सेयर समेत किनबेच भयो । प्रभूू बैंकले १ करोड ९० लाख, नेपाल लाइफले १ करोड ८५ लाख, एनबी बैंकले १ करोड ८३ लाख, प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ७९ लाख बढीको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनीले र बाँकी ४ स्थान वाणिज्य बैंकहरुले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार आइएलएफसी माइक्रो फाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । एक्सल डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्यमा ६ प्रतिशतको हाराहारीमा वृद्धि देखियो ।
यो दिन सेती फाइनान्स लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा घट्यो । प्राइम लाइफ इन्स्योरेन्सको कारोबार सुधार भए पनि सेयर मूल्यमा भने ६.५१ प्रतिशतको गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago