काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। 

संस्था सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश चुक्तापुँजीको २३ करोड २२ लाख ८८ हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ संस्थाले ०.७८ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८३५ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।