काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था आज भदौ १५ गतेबाट पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ।
पाँचौँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देशमार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थाले पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे। संस्थालाई यस उचाइमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने नियामक निकाय, सञ्चालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मचारीहरुलगायत स्थानीय समुदायलाई उनले धन्यवाद दिँदै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने बताए।
नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्तले ‘‘विपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मूल नाराका साथ नुवाकोटको ककनी–६ मा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार सुरु गरेको हो। हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयमार्फत ६५ हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्बभन्दा बढी कर्जा प्रवाह गर्नुका साथै १ अर्ब ३२ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago