काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्रको सार्वजनिक निश्कासनमा २०७३ माघ १ गतेदेखि लागूू गरेको आस्वा प्रणालीमा आमूल परिवर्तनसहित धितोपत्र खरीद(सार्वजनिक निश्कासन) सम्बन्धी निर्देशिकाको दोश्रो संसोधन गरेको छ । 

यसअघि रु. दुई सय पचाससम्म लिनसक्ने व्यवस्था रहेकोमा सो कम गरी बढीमा रु. एक सय कायम गरिएको छ । यस्तै, निश्कासन तथा बिक्री प्रबन्धकले प्राप्त गर्ने शुल्क रु. दश मात्र कायम गरिएको तथा बोर्डमा बुझाउनुपर्ने तीन प्रतिशत शुल्क पनि हटाइएको  छ । 

यो प्रणालीको कार्यान्वयनको क्रममा देखिएका समस्याहरुलाई निराकरण गरी यस प्रणालीलाई अझ सरलीकृत, प्रभावकारी, मितव्ययी एवं सहज बनाउन धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, (आस्वा सम्वन्धी)  २०७३ मा  संसोधन गरिएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार अब आस्वा प्रणालीको क्षेत्र विस्तार गरी सरकारी स्वामित्व रहेको वाणिज्य वैंकलाई सहभागी गराइनेछ र यसबाट अब ७५ वटै जिल्लाबाट आस्वा प्रणालीमार्फत दरखास्त दिन सकिनेछ । 

यस्तै, लगानीकर्ताले वेभसाइटबाट सहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्था समेत हुने भएको छ । 

यस्तै, दरखास्तको साथ पेश गर्नुपर्ने सेवा शुल्क समेत बोर्डले घटाएको छ । यसअघि रु. दुई सय पचाससम्म लिनसक्ने व्यवस्था रहेकोमा सो कम गरी बढीमा रु. एक सय कायम गरिएको छ । यस्तै, निश्कासन तथा बिक्री प्रबन्धकले प्राप्त गर्ने शुल्क रु. दश मात्र कायम गरिएको तथा बोर्डमा बुझाउनुपर्ने तीन प्रतिशत शुल्क पनि हटाइएको बताइएको छ । 

बोर्डले आस्वा प्रणालीमा सहभागी केही वैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र खरिद सार्वजनिक निष्कासन  (आस्वा) मा अनलाइन मार्फत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेको साथै यो सेवालाई अझ छिटो छरितो गर्न सवै सहभागी संस्थाहरुलाई यथाशीघ्र अनलाइनमार्फत दरखास्त लिने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । 

संसोधनबाट भएका अन्य व्यवस्था यसप्रकार छन् :
- निष्काशन भएको धितोपत्र तोकिएको समयावधि भित्र विक्री भए नभएको यकिन गर्ने तथा  दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटो छरितो र सहज गराउने ।
-सम्बन्धित बैंक वा बित्तीय संस्थाले समेत दरखास्त साथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवम् हितग्राही खाता रुजु गर्नसक्ने व्यवस्था गरी बाँडफाँट समयावधि कम गर्ने ।
-धितोपत्र खरिद दरखास्त फारमलाई सरलीकृत गरिएको ।