काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई (इक्राएनपी–आईआर)बीबी माइनसमा डाउनग्रेड गरेको छ।
इक्राले उक्त रेटिङलाई ‘इस्यू नट कोअपरेटिङ’ श्रेणीमा सारेर रेटिङ फिर्ताका लागि सूचना पनि महिला लघुवित्तले दिएको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र र्हेको र यो कुनै खास ऋणपत्रविशेषको राय भने नरहेको इक्राले जनाएको छ।
रेटिङ वर्ग (इक्राएनपी–आईआर)एएदेखि (इक्राएनपी–आईआर)सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर)बीबी प्लसको स्थिति (इक्राएनपी–आईआर)बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर)बीबी माइनसको स्थिति (इक्राएनपी–आईआर)बीबीभन्दा एक चिह्न तल रहन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago