काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई (इक्रा-आईआर) ए माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।