काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका रेटिङहरुलाई विकासशील प्रभावसहित सूक्ष्म निगरानीमा राखेको छ।

इक्राले नेपाल इन्भेस्टमेन्ट बैंकको (इक्राएनपी–आईआर) ए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी) एलए रेटिङलाई विकासशील प्रभावितसहित सूक्ष्म निगरानीमा राखेको हो। 

(इक्राएनपी–आईआर) ए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी) एलए रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।