काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले इमर्जिङ नेपाल लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई (इक्राएनपी–आईआर)बीबीमा डाउनग्रेड गरी उक्त रेटिङलाई ‘इश्युअर नट कोअपरेटिङ’ श्रेणी मा सारी रेटिङ फिर्ताका लागि सूचना दिएको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्राले स्पष्ट पारेको छ।