काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई (इक्राएनपी–आईआर)बी प्लसमा डाउनग्रेड गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।