काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले आईएमई लिमिटेडलाई ‘(इक्राएनपी–आईआर)ए’ निष्कासनकर्ता रेटिङ पुनः पुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र हो इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, इक्राले भनेको छ।