काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले दोल्ती पावर कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई डाउनग्रेड गरेको छ। 

इक्राले दोल्ती पावरलाई वितरणमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबी निष्कासनकर्ता रेटिङलाई (इक्राएनपी)बी माइनसमा डाउनग्रेड गरेको हो। 
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहका मानिन्छन्। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र बिशेषको राय भने होइन’, इक्राले भनेको छ।