काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ (इक्राएनपी–आईआर) बीबी माइनसलाई (इक्राएनपी–आईआर) बी प्लसमा डाउनग्रेड गरेको छ। 

इक्राले उक्त रेटिङलाई ‘इस्युअर नट कर्पोरेटिङ’ श्रेणीमा सारी रेटिङ फिर्ताका लागि कम्पनीलाई सूचना पठाएको छ। सो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्रविशेषको राय भने होइन’, इक्राले भनेको छ।