काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले सुपरमाई हाईड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङ (इक्राएनपी–आईआर) बीबी प्लसलाई (इक्राएनपी–आईआर) बीबीबी माइनसमा अपग्रेड गरेको छ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।
रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँछ। यसको अर्थ (इक्राएनपी–आईआर) बीबीबी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीबीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बीबीबी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीबीबीभन्दा एक चिह्न तल रहन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago