काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले हिमालयन हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिङलाई डाउनग्रेड गरेको छ। 

इक्राले हिमालयन हाइड्रोपावरलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबीप्लस निष्कासनकर्ता रेटिङलाई (इक्राएनपी–आईआर) बीप्लसमा डाउनग्रेड गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरुमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहको मानिन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र बिशेषको राय भने होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ (इक्राएनपी–आईआर) बीप्लसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न माथि रहन्छ भने (इक्राएनपी–आईआर) बी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न तल रहन्छ।