काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ‘(इक्रा–आईआर) बीबी माइनस’ निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्रविशेषको राय भने नरहेको इक्रा नेपालले जनाएको छ। 

रेटिङ वर्ग ‘(इक्रा–आईआर) एए’ देखि ‘(इक्रा–आईआर) सी’सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ ‘(इक्रा–आईआर) बीबी प्लास’को स्थिति ‘(इक्रा–आईआर) बीबी’भन्दा एक चिह्न माथि रहन्छ। जब कि ‘(इक्रा–आईआर) बीबी माइनस’को स्थिति ‘(इक्रा–आईआर) बीबी’ भन्दा एक चिह्न तल रहन्छ।