काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेपालको सेयर बजार चार्टमा बुलिस क्रसओभर देखिएको छ।
इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो।
अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ। इचिमोकु क्लाउडअन्तर्गत आज नेपालको सेयर बजार चार्टमा बुलिस क्रसओभर देखिएको हो। नेपालको सेयर बजारको चार्टमा राख्दा आज हरियो रेखाले रातो रेखालाई क्रस गरेर माथि जान खोजेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। यसविपरीत यदि हरियो रेखाले रातो रेखालाई माथिबाट काटेर तल जान्छ भने त्यस्तो अवस्थामा बजार वियरिस हुने गर्छ। (हेर्नुहोस् रातो एरो)
आज यो इन्डिकेटरअन्तर्गत क्याडण्ल स्टिकले इचिमोकु क्लाउडमा ब्रेक आउट पनि भएको छ। (हेर्नुहोस् कालो एरो)
विगतमा यस्तो अवस्थामा बजार बुलिस भएको पाइन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19