काठमाण्डौ । आज बजारमा दिनभर बिक्री दबाब देखिएको थियो। कारोबार तथा भोलुम सामान्य नै रहेको देखियो। 

नेप्सेको चार्टलाई विभिन्न इन्डिकेटरमार्फत हेर्दा बजारमा बिक्री दबाब देखिन्छ। इचिमोकुमा बजारलाई हेर्दा बिक्री दबाब परेको देखिन्छ। इचिमोकुमा आज बजारमा लिड १ ले लिड २ लाई काटेको देखिन्छ (हेर्नुहोस् रातो एरो)।  यसले क्लाउड पोजिसन हरियोबाट रातो हुँदै गएको देखिन्छ। 

त्यसैगरी प्राइस लाइनले क्लाउड पोजिसन छोड्दै गएको देखिन्छ। (हेर्नुहोस् कालो एरो) 

दैनिक चार्टमा नै आरएसआई ४० को विन्दुबाट तल ओभर सोल्ड जोनतर्फ लागेको देखिन्छ। सुपर ट्रेन्ड पनि बजारले बिक्री दबाब परेको देखिन्छ। 

हाल १८५० मा सपोर्ट लिएको बजार यहाँभन्दा तल गए स्टप लस र १८८० भन्दा माथि गए पुनः बजार प्रवेश गर्न सकिन्छ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।