काठमाण्डौ । इजरायलमा कोभिडविरुद्धको चौथो डोज लगाउन सुरु गरिएको छ। 

इजरायलमा कोभिड महामारीबाट सर्वाधिक जोखिममा रहेका मानिसहरुलाई चौथो डोज लगाउन सुरु गरिएको हो। कोभिडको चौथो डोज लगाउने इजरायल एकमात्र देश पनि बनेको छ। 

कोभिडको नयाँ भेरिएन्टबाट आउने सक्ने सम्भावित लहरलाई रोक्न इजरायलले यो कदम उठाएको थियो। अहिले रोग प्रतिरोधात्मक क्षमता कम भएका, वृद्धवृद्धा र स्याहार केन्द्रमा कार्यरत कर्मचारीहरुलाई चौथो डोज लगाउन थालिएको छ। 

इजरायलको सेबा मेडिकल सेन्टरमा मुटु र फोक्सो रोगपीडित बिरामीलाई चौथो डोज दिएर यो अभियानको सुरुआत गरिएको छ। 
इजरायलमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४ हजार ८५ पुगेको छ। – एजेन्सी