काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावितमध्येको एउटा देश इटालीमा लकडाउन केही खुकुलो पारिँदै जुन ३ बाट अन्य देशमा यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरिएको छ।
प्रधानमन्त्री जुजेप्पे कोन्टेले यात्रामाथिको प्रतिबन्ध कोरोनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निर्णय गरिने बताएका छन्। उनले इटालीमा लगाइएको जिम, स्विमिङपुल, स्पोर्टस् सेन्टरजस्ता भीडभाड हुने ठाउँमा मे २५ बाट प्रतिबन्ध खुलाइने पनि बताए। त्यस्तै सिनेमाघर र थिएयटर जुन १५ बाट खुलाइने उनले जानकारी दिए।
युरोपियन युनियनका सदस्य राष्ट्रहरुबाट आउने नागरिकलाई बिना दुई साता क्वारेन्टाइन इटालीमा प्रवेदश दिइने घोषणा पनि गरिएको छ। यी घोषणा कोरोना संक्रमणका कारण खस्किएको इटालीको अर्थव्यवस्था उकास्नु नै मुख्य लक्ष्य रहेको छ।
कोरोना संकटका कारण युरोपमा सबैभन्दा पहिले फेब्रुअरीमा लकडाउन घोषणा गर्ने इटाली पहिलो मुलुक हो। त्यसो त इटालीमा गत मे ४ बाट उद्योगहरु खुलिसकेका छन्।
इटालीमा हालसम्म कोरोनाबाट ३१ हजार ७६३ जनाको ज्यान गइसकेको छ। मृत्यु आँकडाअनुसार इटाली अमेरिका र ब्रिटेनपछि तेस्रो स्थानमा छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19