काठमाण्डौ । सेयर कारोबारमा सेयर बिक्री गरेपश्चात डीआइएस वा डेबिट निर्देशन पूर्जीको भौतिक युगको अन्त गर्दै असोज १७ गतेदेखि सुरु भएको इडीआइएस प्रणालीलाई केही लगानीकर्ताहरुले नेप्सेले गरेको मक ट्रेडिङ्ग बुझेर प्रयोग गरिरहेका भेटिएको छ ।
इडीआइएस र मक ट्रेडिङ्ग फरक बिषय रहेको भन्दै बुझेर मात्र प्रयोग गर्न सिडिएससीले सेयर लगानीकर्तालाई आग्रह गरेको छ ।
केही लगानीकर्ताहरुले एकै कारोबारका लागि भौतिक निर्देशन पूर्जी आफ्नो निक्षेप सदस्यलाई जारी गरेको र गरिसकेपछि सोही कारोबारका लागि इडीआइएस समेत जारी गरेको भेटिएका कारण कुनै एक विधिबाट मात्र डीआइएस वा इडीआइएस जारी गर्न सेयर लगानीकर्ताहरुलाई सीडीएससीका आईटी प्रमुख र प्रवक्ता सुरेश न्यौपानेले बिजशालामार्फत अनुरोध गरेका छन् ।
सेयर कारोबार गर्दा सेयरधनीलाई एउटा मात्र विकल्प रहेको प्रवक्ता न्यौपानेको भनाई छ । कथम्कदाचित रिभर्स गर्न परे जरिवाना १ सय लाग्ने र दोहोरो निर्देशन दिन नपाइने उनले जानकारी दिए ।
भर्खरै सञ्चालनमा ल्याइएको इडीआइएस अप्सनमा सेयरलगानीकर्ताहरुले ‘यसो प्रयास गरौं न’ भन्ने अभिप्रायले गरिरहेको हुन सक्ने उनको अनुमान रहेको छ । यो एकदमै संवेदनशील कार्य हो र यसप्रति सचेत रहन र आवश्यक जानकारी शिक्षा लिन सीडीआइएसको वेबसाइटमा राखिएको भिडियो हेर्न न्यौपानेले आग्रह समेत गरेका छन् ।
लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ पोर्टलमार्फत नै विद्युतीय निर्देशन पूर्जी जारी गर्नसक्ने व्यवस्था गरिएको हो ।
कारोबार भएका धितोपत्रको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाफ सदस्यलाई बुझाउने र सो शुल्क सम्बन्धित राफसाफ सदस्यमार्फत कारोबारको राफसाफ तथा फछ्र्यौट प्रणालीमार्फत नै संकलन गर्न सकिनेछ ।
कारोबार राफसाफकै लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्याकाल धाउनुपर्ने बाध्यता र समयमा निर्देशन पूर्जी जारी हुन नसकेका कारणले हुने क्लोजआउट सम्बन्धी समस्याको समेत अन्त हुने बताइएको छ ।
मेरो शेयरको ईडीआईएस अप्सनमा गई आफूले कारोबार गरेको डिटेल आउँछ । त्यहाँ पूल एकाउन्ट ब्रोकरको हुनेछ । क्वान्टिटी टू बी ट्रान्सफर्ड भन्ने अप्सन पनि त्यहाँ हुन्छ । अनि आफूले बेचेको सेयर क्वान्टिटी अटोमेटिक आउँछ, त्यसपछि रिक्वेष्ट सेण्ड गर्दा ओके बटन थिचेपछि डीपीकोमा जानकारी जान्छ । डीपीकहाँ पठाउँदा डीपीले डेबिट गर्ने प्रणालीको विकास हुने सीडीएससीका न्यौपानेले बिजशालालाई बताए । सिस्टम चाहि टी प्लस टु नै भए पनि ब्रोकरकोमा नगई २ कार्यदिनभित्र मेरो सेयरमार्फत रिक्वेस्ट पठाउन सकिनेछ ।
बेच्ने लगानीकर्ताले रिक्वेष्ट पठाउँदा ईडीआईएसकै अर्को अप्सन ‘ट्रान्सफर रिक्वेष्ट’को स्टाटस पनि हेर्न मिल्ने न्यौपानेको भनाई छ । स्टाटसमा पेण्डिङ अप्सन वा एक्नलेज अप्सन आउनेछ । पेण्डिङको अर्थ डीपीले सेटलमेण्ट नभएको भन्ने हुनेछ र एक्नलेजमेण्टबाट डीपीले आवश्यक प्रक्रिया पूरा भएको बुझिने न्यौपानेले जानकारी दिए।
साउन १ गतेदेखि सेयर कारोबारमा पूर्ण स्वचालित अनलाईन प्रणालीको परीक्षण लागू भएसँगै फुल फेजको अनलाइन प्रणालीमा इडिएसको मुख्य भूमिका हुने प्रवक्ता न्यौपानेले बताए । यो सुविधाका कारण डीपीकोमा गएर डीआईएस चेक दिनुपर्ने झञ्झट नहुने र सेयर ब्रोकरको पनि समय र खर्च बचत भई लागत पनि कम हुनेछ ।
हाल प्रचलनमा रहेको टी प्लस टू अन्तर्गत सेयर कारोबार राफसाफ गर्दा कहिले सेयरधनी आफैं ढिला भइदिने, कहिले सिग्नेचर९हस्ताक्षर० नमिल्दा त कहिले बेचेका कम्पनीका कोडमा सेयरधनी कन्फ्यूज हुँदा डीआइएसकै लफडाबाट हुने क्लोजआउट र कहिले डीपीको सिस्टमको खराबीले समस्या आउने गरेको ब्रोकरहरुको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago