काठमाण्डौ । बजारको 'बुल रन' झनै तीव्र बनेको छ । बजार विश्लेषकहरुको अनुमान यथार्थमा परिणत हुँदै नेप्से परिसूचकले ८ महिनाकै सर्वाधिक उचाई चुमेको हो ।
बिहीबार नेप्से परिसूचक २६ अंकले बढेर १३१०.२३ विन्दूमा पुगेको छ । विगत ८ महिनाको अवधिमा नेप्सेले चुमेको यो उचाई सर्वाधिक हो ।
नेप्से परिसूचकसँगै कारोबार रकम समेत यो दिन उच्च भएको छ । यो दिन बजारमा १ अर्ब ७० करोडको हाराहारीमा सेयर किनबेच भएको छ ।
बजारमा उच्च खरीद चाप देखिएका कारण अधिकांश समूहको उपसूचकमा बसन्त छाएको छ ।
यो दिन अन्य समूहमा १.७ अंकको झिनो गिरावट आयो भने बाँकी सबै समूह चम्किए ।
बैंकिङ समूहमा १९.३८ अंकको बढोत्तरी भएको छ भने व्यापार समूहमा २८.५९ अंक, होटल समूहमा ७४.५५ अंक, विकास बैंक समूहमा ४१.८४ अंक, जलविद्युत समूहमा ७.९७ अंक, वित्त समूहमा २६.५५ अंक, निर्जीवन बिमा समूहमा १२५.७१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९७.३१ अंक, लघुवित्तमा ७६.१८ अंक, जीवन बिमा समूहमा २४२.५८ अंक र म्युचुअल फण्ड समूहमा ०.३२ अंकको उछाल आएको छ ।
यो दिन राम्रा र बलिया कम्पनीमा खरीदको उच्च चाप हुँदा सेन्सेटिभ इण्डेक्स ३.९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.८ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८१ कम्पनीका ५० लाख २५ हजार ५६३ कित्ता सेयर १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा धेरै हिमालयन डिस्टीलरीले १४ करोड ३८ लाख बढीको कारोबार गर्यो ।
शिवम सिमेन्टले पनि १३ करोड ५९ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशिया बैंकले ६ करोड ८३ लाख, प्रभू बैंकले ४ करोड ८६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ७८ लाख, नेपाल बैंकले ४ करोड २६ लाख, कुमारी बैंकले ४ करोड २ लाख, प्राइम कमर्सियल बैंकले ३ करोड ८६ लाख, एनसीसी बैंकले ३ करोड ८० लाख र एनएमबी बैंकले ३ करोड ४४ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
अधिकांश कम्पनीको सेयर मूल्य बढेको यो दिन १२ कम्पनीमा पोजिटिभ सर्किट लागेको छ ।
सर्किट लागेका कम्पनीमध्ये एनआइबिएल प्रगति फण्डको इकाई मूल्य १०.०६ प्रतिशतले बढेको छ ।
यस्तै, मल्टिपर्पस फाइनान्स, आइसीएफसी फाइनान्स, ग्लोबल आइएमई लघुवित्त र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी, नेशनल माइक्रोफाइनान्स, आशा लघुवित्त, इन्फिनिटी लघुवित्त, लक्ष्मी लघुवित्त, शिवम सिमेन्ट दिव्यश्वरी हाइड्रोपावर र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयर मूल्य ३ प्रतिशतको हाराहारीमा घट्यो । यो दिन १५ वटा कम्पनीका सेयरधनीले मात्र गुमाए भने १६६ कम्पनीका लगानीकर्ता कुस्त कमाए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19