काठमाण्डौ । बजार परिसूचक(नेप्से) ३.७४ अंकले बढे पनि कारोबार रकम भने घटेको छ ।
बजारमा खरीद गर्नेहरुको चाप केही कम भएका कारण यस्तो अवस्था देखिएको हो ।
मंगलबार पनि सर्टटर्म कारोबारी हाबी हुँदा प्रफिट बुक गर्ने हतारोले बजारमा अपेक्षित सुधार भने हुन सकेन । कारोबारको अन्तिम समयमा मात्र बजारमा खरीदकर्ता हाबी हुँदा नेप्से परिसूचक(इण्डेक्स) बढेको हो ।
राम्रा कम्पनीको सेयर निकै न्यून विन्दूमा झरेका कारण समेत ठूला लगानीकर्ता समेत यही बेला बजार प्रवेश गरी सेयर उठाइरहेका छन् । तर, लगातार सेयर खरीद गर्न छाडेर केही पर्ख र हेरको अवस्थामा बस्दा समेत यस्तो अवस्था देखिएको विश्लेषकहरुले बताएका छन् ।
उनीहरुले नेप्से परिसूचक बढ्नु सकारात्मक भए पनि कारोबार(टर्नओभर) रकम भने ४२ करोड बढीले घट्नु चिन्ताको विषय हो । तर, एक दिनकै यो प्रवृति हेरेर धेरै अत्तालिनुपर्ने अवस्था भने हुँदैन । यस्तो बेलामा निकै सम्हालिएर खरीदबिक्रीको निर्णय लिनुपर्ने जानकारको सुझाव छ ।
यो दिन राम्रा कम्पनीको सेयरमा अन्तिम अवस्थामा केही खरीद चाप बढ्दा सेन्सेटिभ इण्डेक्स ०.९ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२५ अंकको बढोत्तरी भयो ।
सोमबार तीव्र करेक्सन व्यहोरेको बैंकिङ समूह मंगलबार भने ६.६६ अंकले बढ्यो ।
विकास बैंक समूहमा ०.५७ अंकको बढोत्तरी आएको यो दिन बित्त समूह १.४५ अंक, निर्जीवन बिमा समूह १६.४१ अंक, र उत्पदानमूलक ४६.०८ अंकको बढोत्तरी भयो ।
व्यापार समूह २.७९ अंकले घटेको यो दिन होटल समूहमा १७.३७ अंक, जलविद्युत समूहमा ४.११ अंक, जीवन बिमा समूहमा २२.२२ अंक, माइक्रोफाइनान्स समूहमा ४.९५ अंक र अन्य समूहमा २.१३ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका १८ लाख १ हजार ५२२ कित्ता सेयर ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन सबैभन्दा बढी छिमेक लघुवित्तले ४ करोड ९६ लाख बढीको कारोबार गर्यो ।
नेपाल बैंकले ४ करोड २१ लाख, एनएमबी बैंकले २ करोड ९० लाख, एनआइसी बैंकले २ करोड ७९ लाख बढीको कारोबार गरेको बजारमा छिमेक लघुवित्तको २ करोड ५३ लाख बढीको संस्थापक सेयर किनबेच भयो ।
नवील बैंकको १ करोड ९८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले १ करोड ८३ लाख, एभरेष्ट बैंकले १ करोड ७२ लाख, प्रभु बैंकले १ करोड ७० लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६० लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि अघिल्लो दिन झै एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ९.८९ प्रतिशतले बढ्यो । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका लागि लगानीकर्ताले ७.१४ प्रतिशतले सम्पत्ति बढाए ।
यो दिन घलेम्दी हाइडोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४.७९ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19