काठमाण्डौ । सरकारले भोलि वैशाख २० गते इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व इद (इद उल फित्र) का दिन बिदा सार्वजनिक दिने व्यवस्था भएकोले बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ। 

‘वैशाख २० गते मंगलबार सार्वजनिक बिदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।