काठमाण्डौ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चात आज एकीकृत कारोबार सुरु गरेको छ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट नवपपुरमा सम्पन्न भएको हो। कार्यक्रमको सभापतित्व साविक नेपाल एग्रोका अध्यक्ष रमेशकुमार कर्मचार्यले भर्चुअलमार्फत गरेका थिए। 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सहभागीलाई स्वागत गरेका थिए। कार्यक्रममा दुवै लुघवित्तका तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुबाट समेत शुभकामना व्यक्त गरेका थिए। 

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति बलराम विष्टले यस प्राप्तिपश्चात इन्फिनिटी लघुवित्त बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाके रुपमा अगाडि बढ्ने बताए। उनले नेपाल राष्ट्र बैंक, सम्पूर्ण नियामक निकाय, दुवै वित्तीय संस्थाका सञ्चालक समिति, संयुक्त मर्जर समिति, दुवै संस्थाका संस्थापक तथा शेयरधनी, दुवै संस्थाका व्यवस्थापन समिति, कर्मचारी तथा ग्राहक सदस्यमा समेत धन्यवाद ज्ञापन गरे। 

एकीकृत कारोबारपश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको छ भने सेवा क्षेत्र जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड, कर्जा रकम रु. ४ अर्ब १४ करोडभन्दा बढी हुने भएकोले सबल, सक्षम, ग्राहकहरुमा गुणस्तरीय सेवा, नवप्रवर्तनकारी संस्थाको रुपमा अगाडि बढाउने जानकारी प्रमुख कार्यकारी अधिकृत लामाले दिए।