काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडमा संस्थापक सेयरधनीका तर्फबाट एकजना नयाँ सञ्चालकमा नियुक्त भएका छन्।
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबारपश्चात सञ्चालक समितिको हिजो भदौ २६ गते बसेको बैठकले संस्थापक सेयरधनीहरुका तर्फबाट नयाँ सञ्चालकमा (साविक नेपाल एग्रो लघुवित्त वित्तीयका अध्यक्ष) रमेशकुमार कर्मचार्यलाई नियुक्त गरेको हो। नवनियुक्त सञ्चालक कर्मचार्यलाई संस्थाका अध्यक्ष खेमराज नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका छन्।
सपथ ग्रहण कार्यक्रममा नवनियुक्त सञ्चालकलाई संस्थाका अध्यक्ष, सञ्चालक, सल्लाहकारबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19