काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जाजरकोटको नलगाड नगरपालिकाका ५२ घरपरिवार भूकम्प पीडित सदस्यहरुलाई आर्थिक राहत वितरण गरेको छ  

गत असोज १७ गते गएको विनासकारी भूकम्पबाट पीडित बन्न पुगेका  कम्पनीको शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समूह नं ०७६, ०७७, ०७८, ०८०, ०८१ का ती ग्राहक सदस्यहरुलाई राहत वितरण गरिएको हो ।

पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिकां ९ को रुकुम पेउघामा आयोजित कार्यक्रमा राहत वितरण गरिएको कम्पनीले बताएको छ । 

कार्यक्रममा कम्पनीको सदस्य गिता नेपाली, त्रिवेणी गाउँपालिका १० का वडा अध्यक्ष सेरमन खड्का, नुवाकोट प्रहरी चौकिका हवल्दार तोप बहादुर खड्का लगायतको विशेष उपस्थितमा राहत वितरण गरिएको अनुगमन अधिकृत अमृत लामिछानेले बताए ।