काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सोही अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।


कम्पनीले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।